०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – युनिसेफ र पान अमेरिकी स्वास्थ्य संगठन (पिएएचओ) ले बोलपत्र आह्वान गर्दै सन् २०२१ मा कोभिड–१९ विरुद्वको खोप आपूर्तिका लागि खोप विकासकर्ताहरूसँग प्रस्तावको माग गरेका छन् ।

६ सातासम्म चल्ने बोलपत्र प्रक्रिया मार्फत गावीको व्यवस्थापनमा कोभ्याक्स फसिलिटिको तर्फबाट कम्तीमा २ अर्ब कोभिड–१९ विरुद्वको खोप आपूर्ति गर्ने लक्ष्य राखिएको छ । हाल उक्त सहकार्यमा आवद्व १८६ वटा देशलाई गुणस्तरीय खोप समान एवं तीव्र रूपमा प्रदान गर्नु बोलपत्र प्रक्रियाको उद्देश्य रहेको छ ।
गावीलाई अग्रिम रूपमा बिक्री गर्ने प्रतिवद्वता व्यक्त गरेका एवं खोप विकासको लागि महामारी विरुद्वको तयारी गठबन्धन (सिईपिआई)सँग सम्झौता गरिसकेका तथा २०२१ को अन्त्यसम्म आपूर्ति शुरू गर्नसक्ने अपेक्षा राखेका सबै उत्पादकहरूलाई बोलपत्र पेश गर्न आव्हान गरिएको छ ।

महामारी विरुद्वको प्रतिकार्य गर्नुपर्ने अभुतपूर्व चुनौती पार गर्न कोभिड–१९ विरुद्वको गुणस्तरीय खोप सुरक्षित गर्नको लागि नौलो प्रकारको खरिद प्रक्रिया आवश्यक पर्दछ, जसमा युनिसेफ तथा पान अमेरिकी स्वास्थ्य संगठनद्वारा संयुक्त रूपमा आह्वान गरिएको बोलपत्रका लागि खोप उत्पादकहरूले प्रस्ताव पेश गर्नको लागि गावीमा आवद्व १८६ देशमा आवश्यक पर्ने खोपको संख्या सम्बन्धमा गरिने अध्ययन पनि समावेश हुन्छ ।
उक्त प्रक्रियाले विभिन्न प्रविधिको प्रयोग मार्फत सम्भावित उत्पादकहरूबाट तयार हुने अनुमति प्राप्त खोप विश्व बजारकै सर्वाधिक कम मूल्यमा प्राप्त गर्दै उच्चतम आपूर्ति कायम गर्न सहयोग गर्दछ ।
सहभागी १८६ देश मध्ये न्यून आय भएका ९२ वटा देशले कोभ्याक्स फसिलिटि अन्तर्गतको अग्रिम बजार प्रतिवद्वता (एएमसि) मार्फत आर्थिक सहयोग प्राप्त गर्नेछन्, जस अन्तर्गत विश्व बैंकद्वारा न्यून तथा मध्यम न्यून आय भएका देशको रूपमा परिभाषित एवं अन्तर्राष्ट्रिय विकास सहायता प्राप्त गर्न योग्य देशहरू पर्दछन् ।
कोभ्याक्स फसिलिटिमा आवद्व तर आफ्नै लगानीमा खोप खरिद गर्ने देशहरूले यस मार्फत गरिएका सम्झौताका मुख्य बुँदाहरूमा आधारित रहेर आफैंले वा युनिसेफ तथा पिएएचओ मार्फत पनि खरिद गर्न सक्छन् ।
प्रमुख नियामक निकायहरूसँगको समन्वयमा विश्व स्वास्थ्य संगठनले सबै खोपहरूको सुरक्षा, प्रभावकारिता एवं गुणस्तर प्रमाणित गर्नेछ । कोभिड–१९ विरुद्वको खोपमा शीघ्र पहुँच सुनिश्चित गर्नको लागि युनिसेफ र पिएएचओले योग्य उत्पादकहरूसँग आपूर्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने लक्ष्य लिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]