२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

सप्तरी – चुनावमा धाँधली भएको जिकिर गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्काे हार भएको छ।

हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनअन्तर्गत हुलाकबाट गरिएको मतदान ‘अवैधानिक’ भन्दै बदरका लागि उनले दायर गरेको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतले खारेज गरिदिएको हो।उनको पक्षले हुलाकबाट मतदान गर्ने ऐनविरुद्ध नै मुद्दा हालेका थिए। तर अदालतले त्यस्तो प्रकारका मुद्दा फेरि हाल्न नपाउने गरी खारेज गरिदिएको हो।पेन्सिलभेनियाराज्यको सर्वोच्च अदालतका न्यायाधीशले एकमतका साथ शनिबार राति यस्तो फैसला गरेका हुन्।

पेन्सिलभेनियाका महान्यायाधिवक्ताले शनिबार राति ट्विट गर्दै प्रजातन्त्रका लागि यो अर्को जित भएको उल्लेख गरेका छन्।यसअघि संघीय पुनरावेदन अदालतले पनि पेन्सिलभेनियाको नतिजाविरुद्ध ट्रम्प पक्षले हालेको मुद्दा खारेज गरेको थियो।

उनका प्रतिस्पर्धी जो बाइडेनले बहुमत प्राप्त गरेर देश विदेशबाट बधाई पाइसकेका भए पनि ट्रम्पले चुनावमा धाँधली भएको भन्दै कानुनी लडाइँ जारी राखेका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]