१० चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी – कर्णाली प्रदेशमा यो वर्ष धान उत्पादनमा साढे पाँच प्रतिशतले वृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष ६ हजार मेट्रिक टन बढी धान उत्पादन भएको हो ।

कृषि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले दिएको जानकारी अनुसार यो वर्ष कर्णालीमा १ लाख २० हजार ९७१ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष १ लाख १४ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको थियो ।यस वर्ष सुर्खेतमा ४२ हजार ८०३, सल्यानमा २८ हजार ९००, रुकुम पश्चिममा ८ हजार ९७६, दैलेखमा ४ हजार ४४९ र जाजरकोटमा १० हजार ६६५ मेट्रिक टन धान उत्पादन भएको छ ।

यस्तै डोल्पामा ६०५, जुम्लामा २ हजार ९००, कालिकोटमा ९ हजार ४८९, मुगुमा ७ हजार ५७६ र हुम्लामा ७९० मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जानकारी दिएको छ । किसानको मिहिनेतसँगै यो वर्ष समयमै वर्षा भएका कारण धान उत्पादनमा वृद्धि भएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले बताए । ‘यो वर्ष वर्षात् हुँदा किसानले समयमै धान रोप्न पाए’, निर्देशक रोकायाले भने, ‘प्रदेश सरकारले उत्पादन वृद्धिका लागि किसानलाई प्रेरित गर्नु, बाँझो जमिनमा पनि खेती गर्नु जस्ता कारणले पनि धान उत्पादन बढेको हो ।’ कोरोनाका कारण किसान समयमै घर आउनु र गोडमेलमा ध्यान दिनु जस्ता कारणले धान उत्पादन वृद्धि भएको रोकायाको भनाइ छ ।अपेक्षाअनुसार वृद्धि भएन धान उत्पादनमा वृद्धि भए पनि अपेक्षा अनुसारको वृद्धि भने हुन सकेन । वर्षायाममा किसानले समयमा नै रासायनिक मल नपाउनु र सलह कीराको प्रकोपका कारण अपेक्षा अनुसारको धान उत्पादन नभएको हो । कर्णालीमा यो वर्ष गत वर्षभन्दा १० देखि २० प्रतिशत बढी धान उत्पादन वृद्धि हुने अपेक्षा गरिएको थियो ।

यसअघि वर्षायामको समयमा कोरोना महामारीका कारण कर्णालीमा पनि रासायनिक मल आयात भएको थिएन । धान रोप्ने र गोडमेल गर्ने समयमा रासायनिक मल नपाउँदा अपेक्षा गरेअनुसार धान उत्पादन नभएको निर्देशनालयको भनाइ छ । सोही समयमा सुर्खेत, जाजरकोट, सल्यान लगायतका जिल्लामा सलह कीराले समेत धानको बिउमा क्षति पुर्‍याएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]