१८ चैत्र २०८२, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी – नेपाल ओलम्पिक कमिटीको आयोजनामा तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार हुने भएको छ । कार्यक्रम जुमको माध्यमबाट ‘भुर्चअल’ हुनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टाराईको प्रमुख आथित्यमा हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल विशेषज्ञहरू विभिन्न विषयमा आप्mनो मन्तब्य राख्ने छन् ।नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठले ‘कोभिड–१९’, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दूर्गा सुवेदीले ‘संचार क्षेत्र र मार्केटिङ’, राष्ट्रिय खेलकुद परिषदको आर्थिक विभाग प्रमुख ऋषिराम पोखरेलले ‘राष्ट्रिय खेलकुद परिषदको लेखा प्रणाली’, उमेश ढकालले ‘कर प्रणाली’, वरिष्ठ अधिवक्ता लोकभक्त राणाले ‘खेलकुद ऐन २०७६’ र युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले ‘खेलकुद संरचना र पद्धति’ बारे आप्mनो प्रस्तुती दिनु हुनेछ । यस्तै श्रीलंकाली ओलम्पिक कमिटीका महासचिव म्याक्सवेल डि सिल्भा र एसियाली ओलम्पिक कमिटी (ओसीए) प्रतिनिधि प्रोफेसर बीएलएच परेरासले ‘ओलम्पिक मूल्य र मान्यता’ तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सदस्य स्वेङ मिन ¥युले ‘खेलकुद र वातावरण’ बारे प्रकाश पार्नेछन् ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पनि आप्mनो मन्तब्य राख्ने छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय ओलम्पिकको भावना र आन्दोलन अनुसार नेपाली खेलकुद क्षेत्र, संघ र यसका पदाधिकारीलाई नयाँ घटनाक्रम र अवस्थाबारे सचेतनामुलक जानकारी गराउन यस्तो कार्यक्रम हु“दै आएको छ । यसअघि सन् २०१६ र २०१९ मा पनि दुई संस्करणका फोरम आयोजना भइसकेका छन् । यस्तै महासचिव निलेन्द्रराज श्रेष्ठले नेपाल ओलम्पिक कमिटीले यस्तो कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्ने योजना रहेको बताएका छन् ।

कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले यस प्रकारको फोरम कार्यक्रमले नेपाली खेलकुदसँग सम्बन्धित क्षेत्रलाई आफ्नाे कार्यक्षमता बढाउन र कार्यक्रमहरू नियमपूर्वक सुचारु रूपले अगाडि बढाउन मदत मिल्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]