१० फाल्गुण २०८०, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी – रुकुम पश्चिममा जन्ती चढेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको हो।

शुक्रबार साँझ भएको दुर्घटनामा आठबीसकोट नगरपालिका ८ का कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै र वडा नम्बर ८ कै ५८ वर्षीय लालबहादुर नेपालीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।आठबीसकोट नगरपालिका वडा नम्बर ८ को दाजेबाट १०–१२ जना जन्ती बोकेर वडा नम्बर १० को घारीखोला फर्किरहेको रा १ ज ५८९ नम्बरको जिप दाजेमा दुर्घटना भएको हो ।

जिप चालक वडा नम्बर ९ का डिल्लीबहादुर नेपाली फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट झन्डै १ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]