०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली संघ (ईयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्ध छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन्।

नेपालको हवाई सुरक्षास्तर अन्य मुलुकको तुलनामा निकै अगाडि रहेको भन्दै मन्त्री भट्टराईले अझै पनि नेपाललाई ईयूले उडान प्रतिबन्ध गराई राख्नुपर्ने कुनै कारण नभएको प्रष्ट पारे।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२०’ को शुक्रबार सार्वजनिक गर्दै मन्त्री भट्टराईले ईयूको सुरक्षा चासो अनुरूप नेपालले हवाई उड्डयन क्षेत्रको नीतिगत तथा संस्थागत संरचनाको सुधार प्रक्रियामा रहेकाले चाँडै नै नेपालका जहाज विश्वका जुनसुकै मुलुकमा उडान भर्न सक्ने दाबी गरे।प्राधिकरणका अनुसार नेपालको उडान सुरक्षा दर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले निर्धारण गरेको ६० प्रतिशतभन्दा माथि नेपालले करिब ६७ प्रतिशत प्रगति गरेको छ। जबकि आईकाओअन्तर्गतका कतिपय मुलुकले यो स्तर कायम गर्न सकेका छैनन्। एसिया प्रशान्त क्षेत्रका मुलुकको हवाई सुरक्षा दर ६४ प्रतिशत रहेको जनाइएको छ।

कार्यक्रममा मन्त्री भट्टराईले प्राधिकरण विभाजनसम्बन्धी विधेयक संसद्को राष्ट्रियसभामा पेस भई उक्त सदनको विधान समितिमा छलफल भइरहेको जानकारी दिँदै चाँडै प्रतिनिधिसभामा पनि विधेयक पेस गरिने बताए। नेपालको उडान सुरक्षा दक्षिण एसियामा नै उत्कृष्ट भएको बताउँदै आगामी दिनमा दुर्घटना दरलाई शून्यमा झार्ने गरी काम गर्न प्राधिकरणका कर्मचारी तथा एयरलाइन्सलाई निर्देशन दिए।पर्यटनमन्त्री भट्टराईले कोभिड–१९ को संक्रमणका बेला नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक दिन पनि बन्द नभई निरन्तर रूपमा सेवा प्रवाह भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय नियमित उडानतर्फ हाल बाँकी गन्तव्यको उडान पनि छिट्टै सञ्चालन गरिने जानकारी दिए। मन्त्रिपरिषद्को हालैको बैठकले उडान प्रतिबन्ध मुलुकमा उडान सुचारु गर्ने निर्णय गरेको थियो।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आईकाओको ग्लोबल एभिएसन सेफ्टी प्लानको ६० प्रतिशतभन्दा माथि नेपालको प्रगति रहेको र यो स्तरलाई ७५ पुर्‍याउने लक्ष्यका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए। पछिल्ला तीन वर्षमा हवाई दुर्घटना दर औसतमा वर्षमा एक दुर्घटना र सात जनाको निधन हुने गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]