१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर १३, २०७७

सप्तरी – नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनमा मतदान सुरु भएको छ ।

वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् ।५४ औं साधारणसभाले महासंघको आगामी नेतृत्व पनि चयन गर्दैछ । विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ ।ढकालको प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला\नगर उपाध्यक्षमा गुणनिधी तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई छन् । प्रधानको प्यानलबाट बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला\नगर उपाध्यमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति छन् ।निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न दुबै पक्षले रातभर मेहेनत गरेका छन् । व्यवसायीका अनुसार शुक्रबार दिउसोदेखि नै उम्मेदवारले आफ्नो पक्षमा पर्न कडा मेहेनत गरेको थिए ।

एक व्यवसायीले भने, ‘कुनै पक्षले यति पैसामा यो यो जिल्लाको भोट किक्यो रे भन्नेसम्म हल्ला भएको थियो । हल्ला चल्नु सामान्य नै हो । आफ्नो पक्षमा पार्न सबैले खोज्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]