सप्तरी – दुर्गमको उत्तरी सीमावर्ती उपल्लो मुस्ताङमा गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश कार्यक्रम अन्र्तगत सौर्य-उर्जा सोलार प्यानल वितरण जडानकार्य अघि बढाएको छ ।
गण्डकी प्रदेश सरकारको ७५ विशेष अनुदान र स्थानीयको २५ प्रतिशत लगानी रहने गरी उपल्लो मुस्ताङको स्थानीय तहमा सोलार प्यानल वितरण गरेको हो ।गण्डकी प्रदेश सरकारले राष्ट्रिय प्रशारण लाइनको पहुँच नपुगेका स्थानमा गत आवमै सौर्य/उर्जा सोलार प्यानल वितरणका लागि आवश्यक बजेट बिनियोजन गरेता पनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित लकडाउनले प्रभावित बनेको थियो । गण्डकी प्रदेशले सौर्य उर्जा बितरण गर्ने योजनालाई मूर्तरुप दिन चालु आवमा पनि कार्यक्रम समावेश गरेकाले उपल्लो मुस्ताङका घरघरमा सोलार प्यानल वितरण तथा जडान कार्यले पूर्णता पाएको हो ।गण्डकी प्रदेश सरकारले मुस्ताङमा राष्ट्रिय प्रशारण लाइन नजोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न वडामा सोलार प्यानल वितरण तथा जडानका लागि श्री रोशनी इन्टिच्युट कम्पनीलाई जिम्मा दिएकाले आफुहरु फिल्डमा आएको कम्पनीका प्राविधिक कमानसिंह गुरुङले जानकारी दिए ।
कम्पनीको वितरण तथा जडान प्राविधिक टोली यतिबेला हिउँदयामको अत्यधिक चिसो मौसमका बावजुत उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाका करिव ४ सय बढी घरधुरीलाई सोलार प्यानल वितरण तथा जडानकार्यमा खटिएको छ ।उपल्लो मुस्ताङमा कम्पनीले अनुदानमा स्थानीयको घरघरमा पुगेर सोलार प्यानल जडान गरेपछि स्थानीयमा खुसीको रौनक छाएको छ ।गण्डकी प्रदेशको उज्यालो प्रदेश कार्यक्रम अन्र्तगत उपल्लो मुस्ताङको २ स्थानीय तहका विभिन्न वडाहरुमा ७५ प्रतिशत अनुदान सहुलियतमा सोलार प्यानल वितरण कार्य भइरहेको गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए ।सांसद बिष्टले उपल्लो मुस्ताङमा राष्ट्रिय प्रशारणको लाइनको पहुँच नभएकाले प्रदेशले सोलार प्यानल वितरण गरेको बताए । उपल्लो मुस्ताङमा राष्ट्रिय प्रशारण लाइन नहुदा स्थानीय अन्धकारमा बस्न बाध्य थिए ।उपल्लो मुस्ताङमा बिजुली नहुँदा स्थानीयलाई बत्ती बाल्न ,मोबाइलको ब्याट्री चार्ज गर्न ,टेलिभिजन हेर्न र अनलाइनका समाचार पढ्नबाट बञ्चित रहनु परेको स्थानीयको भनाइ छ ।उपल्लो मुस्ताङमा विद्युत पहुँच नपुगेका दुरदराजका गाउँमा प्रदेश सरकारले सोलार प्यानल वितरण तथा जडान गरेपछि स्थानीयमा खुसीयालीको रौनक छाएको हो । गण्डकी प्रदेशले मुस्ताङमा १८ हजार मुल्यको सोलार प्यानल,ब्याट्री,सोलार वायर र ब्लपहरु उपलब्ध गराइ जडान गरेको छ ।
गण्डकी प्रदेशले चालु आर्थिक वर्ष २०७७-०७८को वार्षिक बजेट अनुसार राष्ट्रिय प्रशारणको लाइन नजोडिएका मुस्ताङसहित गोरखा,मनाङ र म्याग्दी जिल्लाका ७ स्थानीय तहमा करिब एघार सय ६० घरधुरीलाई ७५ प्रतिशत अनुदान सहुलियतमा सोलार प्यानल वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।