०३ माघ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी -गएको कात्तिक महिनामा मात्रै वैदेशिक रोजगारीमा जानको लागि ७ हजार भन्दा धेरै नेपालीले श्रम स्वीकृति लिएका छन् ।

कोरोना महामारीको बेला विदेशबाट फर्केका र स्वदेशमै बेरोजगार बसेकालाई समेत रोजगारी दिने भनेर सरकारले भनिरहँदा ७ हजार ७ सय ९७ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ । यो संख्या विश्वका विभिन्न ५३ देशमा जानको लागि श्रम लिएकाहरुको हो । जसमध्ये ६ हजार २ सय २४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने एक हजार पाँच सय ८३ जनाले नयाँ श्रम स्वीकृति लिएका हुन् ।

वैदेशिक रोजगार कार्यालयका अनुसार सबैभन्दा बढी कतार जानको लागि तीनहजार ९०, साउदीको लागि दुई हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै यूएई जानको लागि एक हजार एक सय ७७ जनाले श्रम स्वीकृति लिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]