१७ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – भक्तपुर जिल्ला अदालतले नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

१० मंसिरमा न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँ चण्डोलस्थित उनकै घरबाट पक्राउ गरेको थियो । क्याम्पस सञ्चालक समितिको अध्यक्ष हुँदा न्यौपानेले अनाधिकृत रुपमा रकम हिनामिना गरेको र गाडी किनेर आफ्नो नाममा नामसारी गरेर ठगी गरेको आरोप लागेको छ ।कलेजको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर भएपछि न्यौपाने फरार थिए । फरार रहेका न्यौपानेलाई बुधबार सीआईबीको टोलीले घरबाटै पक्रेको हो ।नेपाल इन्जिनियररिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएको प्रकरणमा न्यौपानेविरुद्ध सोही कलेजका अन्य दुई सञ्चालक हरि पाण्डे र दीपक भट्टराईले उजुरी दिएका थिए ।

न्यौपानेसँगै तत्कालीन सांसद सूर्यबहादुर केसी, रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लबराज भट्टराईविरुद्ध उजुरी परेको थियो । सांसद केसीको निधन भइसकेको छ । सीआईबीका प्रमुख सहकुल थापाका अनुसार उनीहरूविरुद्ध २३ करोड १० लाख २३ हजार ४ सय ४३ रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

न्यौपानेले मात्र ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ संस्थाबाट ठगी गरेको उजुरीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]