सप्तरी – पेरिसमा अश्वेत व्यक्तिमाथि कुटपिट गर्ने तीनजना प्रहरीलाई निलम्बित गरिएको छ। अश्वेत म्यूजिक प्रोडुसरमाथि प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि अधिकारीहरुले घटनामा संलग्न प्रहरीमाथि कारवाही गरेको हो।
उक्त घटना सार्वजनिक भएपछि फ्रान्सेली प्रहरीको आलोचना भएको थियो। सरकारले प्रहरी अधिकारीहरुको अनुहार प्रशारण गर्न नपाउने कानून ल्याएको केही समयपछि यो घटना भएको हो।गत शनिवार भएको उक्त घटनाको भिडियो बिहीबार लूपसाइडर नामक अनलाइक न्यूज साइटले प्रकाशित गरेको थियो। स्टुडियोमा प्रवेश गर्ने क्रममा माइकललाई प्रहरीले मास्क नलगाएको भन्दै रोक्ने प्रयास गरेका थिए। त्यही क्रमममा उनीमाथि प्रहरी अधिकारीहरुले हातपात गरेका थिए।
प्रहरीले माइकलमाथि हिंसा फैलाउन कोसिस गरेको र प्रहरी कारवाहीको प्रतिकार गरेको भन्दै मुद्दा दायर गरेको थियो। तर अधिकारीहरुले ती मुद्दालाई खारेज गर्दै प्रहरीमाथि नै अनुसन्धान गर्न निर्देशन दिएको थियो।