१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – दक्षिण कोरियाले फेसबुक कम्पनीमाथि झण्डै ७२ करोड रुपैयाँ बराबरको रकम जरिवाना गरेको छ ।

प्रयोगकर्ताहरुको सहमति तथा अनुमतिविना नै तेश्रो पक्ष अपरेटिरलाई प्रयोगकर्ताहरुका डाटा उपलब्ध गराएको अभियोगमा फेसबुकमाथि ६० लाख ६ हजार डलर जरिवाना गरिएको हो ।दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा आयोगले बुधबार फेसबुकमाथि जरिवाना गर्दै यस मामिलामा फौजदारी अनुसन्धान गर्ने निर्णय पनि गरेको छ ।गत अगष्ट महिनामा गठित उक्त आयोगले एक विज्ञप्ती जारी गर्दै दक्षिण कोरियाका १ करोड ८० लाख फेसबुक प्रयोगकर्तामध्ये कम्तिमा पनि ३३ लाख प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु फेसबुकले अन्य अपरेटरहरुलाई उपलब्ध गराएको गराएको अनुसन्धानले देखाएको उल्लेख गरेको छ । सन् २०१२ देखि २०१८ सम्मका तथ्यांक विश्लेषण र अनुसन्धानका आधारमा आयोगले यस्तो निष्कर्ष निकालेको हो । आफ्ना डाटाहरु तेश्रो पक्षले प्राप्त गरिरहेको विषयमा फेसबुक प्रयोगकर्ताको कुनै स्विकृति नभएको र जानकारीसमेत नहुने गरेको आयोगको भनाइ छ ।

फेसबुक लगइन भित्रबाट अन्य अपरेटरको सर्भिस प्रयोग गर्दा प्रयोगकर्ताको फेसबुक साथीहरुका समेत व्यक्तिगत जानकारीहरु ती अपरेटरहरुले प्राप्त गर्ने गरेका छन् ।आयोगका अनुसार फेसबुकको आयरल्याण्डस्थित कार्यालयलाई जरिवानाको जानकारी गराइएको छ र कम्पनीमाथि फौजदारी अनुसन्धानका लागि सिफारिस गरिएको छ ।दक्षिण कोरियाको राजधानीस्थित फेसबुकका प्रवक्ताले चाहिँ अनुसन्धान प्रक्रियामा आफुहरुले सरकारलाई पूर्णरुपमा सहयोग गरेको बताउँदै फेसबुकमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्ने आयोगको निर्णयप्रति खेद व्यक्त गरेका छन् ।

तथापि फेसबुक कम्पनीको व्यवस्थापनले आयोगको निर्णयका बारेमा पूर्ण समीक्षा बाँकी रहेको भन्दै उनले यस विषयमा थप टिप्पणी गर्न अस्विकार गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]