१० चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – चितवनको माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ। माडी–६ कल्याणपुरमा छैटौँ पोष्ट स्थापना गरिएको हो ।

यसअघि माडीका बाँदरझुला, कान्छिवगाई, छरछरे, गर्दी र वाल्मिकी आश्रममा पोष्ट स्थापना गरिसकिएको छ।सरकारले नेपाल र छिमेकी देशका सिमानामा ११४ बिओपी स्थापना गर्ने निर्णय गरेसँगै जिल्लामा यस वर्ष तीन पोष्ट थप गरिएको सशस्त्र प्रहरी बल नम्बर १७ गण चितवनका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापाले जानकारी दिए। यहाँ सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली सीमा रक्षाका लागि बस्ने उनले जानकारी दिए। जिल्लामा पर्ने ८८ किलोमिटर सिमानामध्ये सबै माडी नगरपालिकामा पर्छ। अहिले स्थापना भएका छ पोष्टका लागि प्रतिपोष्ट १४ दशमलब पाँच किलोमिटर क्षेत्रफल रक्षाका लागि पर्ने थापाको भनाइ छ।

पोष्टको सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बिहीबार उद्घाटन गर्दै सिमानाको रक्षाका लागि प्रभावकारीरुपमा काम गर्न आफूहरु लागिपरेको बताए। रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]