०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – लामो समयदेखि नाका बन्द हुँदा भारतीय पेन्सनधारी नेपालीलाई समस्या भएपछि केही दिनका लागि दार्चुलाका तीन नाका खुलेका छन् ।

स्थानीय तहको अनुरोधका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षको सहमतिमा केही दिनका लागि नाका खोलिएको जनाएको छ ।सीमानाका बन्द हुँदा भारतीय पेन्सनधारीलाई समस्या भएकाले सहजीकरणका लागि स्थानीय तहहरुले अनुरोध गरेका थिए ।जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै पेन्सन सुविधा बुझ्ने र बैँक खाता नविकरण गर्ने प्रयोजनका लागि मात्र नेपाल–भारत सीमाको लाली, जौलजिवी र खलंगा पुलघाट नाका खुलाएको उल्लेख गरेको छ ।

नाका दुवै देशको सहमतिमा तय गरिएको कार्यतालिका अनुसार मात्र खुल्नेछ । खलंगा पुलघाट नाका मंसिर ११ देखि १४ गतेसम्म बिहान १० देखि ११ र बेलुका ४ देखि ५ बजेसम्म खुल्ने प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ ।

यसैगरी जौलजिवी नाका पनि सोही अनुसार खुल्नेछ भने लाली पुल नाका मंसिर ११ देखि १३ गते बिहान १० देखि ११ र बेलुका ४ देखि ५ बजेसम्म खुल्ने सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]