०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – प्रेस काउन्सिल नेपालले प्रेस संग्राहलय स्थापनाका लागि सामाग्री उपलब्ध गराउन सबैसँग आह्वान गरेको छ ।

काउन्सिलले आज सूचना जारी गर्दै संग्राहलयका लागि सञ्चारसँग सम्बन्धित सामाग्री उपलब्ध गराउन सबैसँग आह्वान गरेको हो ।सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययन, अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले संग्राहलयको स्थापना गर्ने गरी प्रक्रिया अघि बढाइएको काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले जानकारी दिए।सूचना जारी भएसँगै संग्राहलयका लागि सामानको खोजी प्रारम्भ अघि बढेको हो । काउन्सिलले सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्न र यस क्षेत्रको अध्ययन, अनुसन्धानमा सघाउ पुर्याउने उद्देश्यले प्रेस संग्राहलय स्थापना गर्न थालेको हो ।

हाल काउन्सिलमा सञ्चारसँग सम्बन्धित पुराना उपकरण रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री, ऐतिहासिक पुस्तक, चित्र, तस्बिरलगायतका सामाग्री रहेका छन् ।

सञ्चारसँग सम्बन्धित ऐतिहासिक सामग्री खोजी गरी निःशुल्करूपमा प्राप्त गर्न पहल गर्ने, निःशुल्क प्राप्त हुन नसकेको खण्डमा भने सःशुल्क खरिद गरी सङ्ग्रह गर्ने काउन्सिलको सूचनामा उल्लेख छ । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]