
सप्तरी – कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार क्षेत्रमा एक युवक मृत अवस्थामा भेटिएका छन् । महेन्द्रनगर बजारको भानु पार्टी प्यालेस पछाडि शुक्रबार बिहान अन्दाजी २८/३० वर्षीय पुरुषको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाका अनुसार घाँटीमा टेलिफोनको तारले बेरिएको अवस्थामा शव भेटिएको हो ।
युवकको पहिचान खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।