सप्तरी – जबर्जस्ती करणी मुद्दाका एक कैदी चितवनको भरतपुर कारागारबाट फरार भएका छन्।
बलात्कार मुद्दामा गएको साउनदेखि कैद भुक्तान गरिरहेका चितवनको कालिका नगरपालिका निवासी ४५ वर्षीय रेशमलाल श्रेष्ठ कारागारबाट फरार भएका हुन्। कारागारका प्रमुख कमलप्रसाद काफ्लेले श्रेष्ठ कारागारबाटै फरार भएको पुष्टि गरे।
बिहीबार साँझ कैदीको संख्या गन्ने क्रममा श्रेष्ठ नभएपछि उनी भागेको खुलेको हो। श्रेष्ठको खोजी सुरु गरिएको कारागार प्रशासनले जनाएको छ।