०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, साउन २१, २०७८

काठमाडौं – काठमाडौंको गोंगबुबाट एक थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङका २४ वषर्ीय विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगर छन् ।बुधबार साँझ महाराजगञ्ज वृत्तको प्रहरी टोलीले गोंगबु बिजी मल अगाडि चेकप्वाइन्ट राखी जाँच गर्ने क्रममा उनीहरु स्कुटर छाडेर भागेका थिए । बीजी मलको पछाडि विरेन्द्र ऐश्वर्य मार्गस्थित आरके रेष्टुरेन्टमा प्रवेश गरी लुक्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । किन भागेको भनेर सोधपुछ गर्दै उनीहरुको साथमा रहेको झोला खानतलासी गर्दा विकेश भनिने विपिन मगरले बोकेको झोलामा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

एक थान पेस्तोलसँगै एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र थोरै मात्रामा गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ ।उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]