१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर ०७, २०७७

सप्तरी – रौतहटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परोहा नगरपालिका-६ बसन्पट्टी बस्ने प्रवीण सिंह रहेको प्रहरीले जनाएको छ ।

प्रहरी हवल्दार उनी काठमाडौँस्थित महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत रहेका थिए ।जिल्लाको दक्षिणी भेग बौधिमाई नगरपालिका-९ स्थित सडकमा ना.६ प ७४२२ नम्बरको उनी आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३५ वर्षीय राकेश सिंहको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]