०९ कार्तिक २०८३, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २९, २०७८

जनकपुरधाम – धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकास्थित लक्ष्मीपुरमा पोखरीमा डुबेर मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले राहत दिने घोषणा गरेको छ ।

शुक्रवार नुहाउने क्रममा मृत्यु भएका पाँचैजना बालिकाको परिवारलाई१/१ लाख रुपैँया दिने घोषणा गरेको हो । प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रामसरोज यादवले मृतकको परिवारलाई अस्पतालमै गएर भेटघाट गर्ने क्रममा उक्त घोषणा गरेका हुन् । बालिकाहरुको मृत्यु एको घटनास्थल उनकै निर्वाचन क्षेत्रमा पर्छ ।शुक्रवार दिउँसो करिब १२ बजे बाख्रा चराउन गएकी बालिकाहरुले एकैसाथ पोखरीमा नुहाउन हाम फालेकी थिइन् ।

तर नयाँ पोखरी रहेकाले गहिरो खाल्डोमा हाम फाल्दा उनीहरुको खुटा त्यसमै फसेर मृत्यु हुनसक्ने प्रहरीको भनाई छ । पोखरीमा डुबेर डुबेर १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीय चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चान्दनी ठाकुर, १२ वर्षीया ललीता साह तेली रहेकी थिइन ।पाचै जनाको शव अहिले पोष्टमार्टमका लागि जनकपुरधास्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]