KChhaKhabar
गोरखा – गोरखामा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ । घर नजिकैको रुखमा चराको गुँड हेर्न भन्दै चढेका धार्चे गाउँपालिका-२ रुन्चेतका सजन घलेको ज्यान गएको हो । रुखबाट खसेर घाइते भएका बालकको उपचारका क्रममा गएराति गोरखा अस्पतालमा ज्यान गएको हो ।