
सप्तरी – सप्तरीमा रुखबाट खस्दा एकजनाको मृत्युु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.३ बस्ने ५० वर्षीय सतोखंग खत्वेको मृत्यु भएको हो ।
अाज दिउँसो वडा नं. ११ स्थित रहेको कुशुमलाल साहको नरिवलको रुखमा नरिवल टिपनको लागी चढेको बेला खसेपछि खत्वे गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि अस्पताल तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयाे ।
यता मृतकको शव पोष्टमार्टमको लागी राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।