सुर्खेतमा ३१ जेठसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा ३१ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना संक्रमण बढिरहेकाले ३१ जेठ सम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
हाल सुर्खेतमा संक्रमणको दरमा केही कमी आएपनि संक्रमणको जालो तोड्न अझै केही समय निषेधाज्ञाको समयावधि बढाएर रोकथाम, नियन्त्रण र उपचारको पद्धतिलाई व्यवस्थित गर्नुपर्ने देखिएको उनले बताए ।