२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

वीरगञ्ज – बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बारा पचरौता नगरपालिका-३ बस्ने २६ वर्षीय प्रदीप साह कलवारको मृत्यु भएको हो । कलैया अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार साँझ ५ बजे सिम्रौनगढ नगरपालिका- ९ बसवरियास्थित सिम्रौनगढ-कचोर्वा जाने नहरमा दुईवटा मोटरसाइकल ठोक्किएका थिए ।

कचोर्वा तर्फ जाँदै गरेको बीआर०५एएल ७०८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर०५वाई ५५७८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो ।७०८३ नम्बरको मोटरसाइकलका चालक प्रदीपको टाउको तथा चिउडोमा चोट लागेको थियो । बेहास भई गम्भीर अवस्थामा उनलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएको थियो ।

५५७८ नम्बरको मोटरसाईकलका चालक भारतको मोतिहारी जिल्ला झरौखर थाना बिजवनी ग्राम पञ्चायत वडा नं.९ अठमुहान बस्ने २३ वर्षीय रामपुकार महतो नुनियाको टाउको, हातमा चोट लागेको छ । उनको सिम्रौनगढकै कंकाली पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]