०३ माघ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर ०६, २०७७

सप्तरी – सिन्धुलीको दुधौलीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुधौली नगरपालिका ५ सिर्थौलीस्थित नयाँटोलबाट छपाहतर्फ जाँदै गरेको ना ५ त १९५१ नम्बरको ट्याक्टर शनिबार अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा ट्याक्टरचालक दुधौली नगरपालिका- ५ छपाह सिर्थौलीका २१ वर्षीया बियसकुमार दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक श्यामकुमार खत्रीले जानकारी दिए। उनका अनुसार दुर्घनामा गम्भीर घाइते भएका चालक दनुवारको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

‘दुर्घटनामा दनुवारको टाउको र छातीमा चोट लागेको थियो । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सिन्धुली अस्पतालमा उपचार गर्न ल्याएपनि उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्,’ उनले भने। उनको शव अहिले सिन्धुली अस्पतालमै राखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]