काठमाडौँ – मेलम्ची खानेपानी आयोजना तथा पानी वितणको जिम्मा पाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी आइतबारदेखि वितरण गर्ने भएको छ।
खानेपानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले पुरानै संरचनाबाट मेलम्चीको पानी वितरण गरिने जानकारी दिए।शुक्रबारदेखि सुन्दरीजलबाट खानेपानी छोडिएको थियो।परीक्षण सफल भएपछि आयोजनाले धारा–धारामा पानी पठाउन लागेको हो। उनका अनुसार आइतबार १० बजे पानी ट्यांकीमा आइपुग्नेछ।
उनले भने, ‘महांकाल चौर, मीनभवन, अनामनगर बाँसवारी, बालाजु र महाराजगन्जस्थित पानीपोखरीमा रहेका रिजभ ट्यांकीमा पानी जान्छ त्यसपछि हाम्रो प्लानिङअनुसार आइतबार १० बजेसम्म ट्यांकीमा पानी आइपुग्छ अनि वितरण सुरु गछौँ।’उनले पानी वितरणका लागि खुमलटारको नयाँ ट्यांकीको पनि प्रयोग गरिने बताए। पहिलो चरणमा चक्रपथभित्र र आसपासका झण्डै दुई लाख धाराका उपभोक्ताले मेलम्चीको पानी पिउन पाउने उनले जानकारी दिए।
उनका अनुसार पुरानै पाइपलाइनका १ लाख ८० हजार धारामा पानी पठाइनेछ। उनले दुई चरणमा गरी १७ करोड लिटर पानी वितरण गरिने पनि बताए।