०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०४, २०७७

डोल्पा – त्रिपुरासुन्दरी नगरपालिका- २ मा पर्ने रुम गाउँ नजिकै डोजर दुर्घटना भएको छ। सुलिगार्डदेखि फोक्सुण्डो जाने सडक खन्ने क्रममा बुधबार बिहानै करिब ६ बजेतिर भएको दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

जाजरकोट जिल्ला नलगाड नगरपालिका -११ बस्ने १७ वर्षीय हेमराज सिँहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार डोजरमा च्यापियर सिंहको मृत्यु भएको हो। त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ का १५ वर्षीय एकराज बुढाको हात खुट्टामा चोट लागेको डिएसपी पाण्डेले जानकारी दिए।उनको हात खुट्टामा चोट लागेकाले उपचारका लागि त्रिपुराकोटतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ।डोजर अप्रेटर अनमोल सिंह फरार रहेकाले खोजी गर्नुका साथै दुर्घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
डोजर सडकबाट करिब ३०० सय मिटर तल खसेको थियो।

डोजर धनी जाजरकोट जिल्ला नलगाड नगरपालिकाका अन्तर्गत पर्ने सिउन बस्ने भिम बाहोरा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]