अखिल मधेशी दलित अभियान सप्तरीले पत्रकार सम्मेलनद्धारा दलित जनजागरण अभियान सञ्चालन गर्ने बताएका छन् ।
सप्तरीको भारदहमा अाज अायाेजित पत्रकार सम्मेलनमा अखिल मधेशी दलित अभियान सप्तरीका संयोजक देवलाल खंगले दस्तावेज सार्वजनीकिकरण कार्यक्रममा सो कुरा बताउनु भयो । ,“मधेशी दलितहरुको वर्तमान समयमा शोषण,उत्पीडन,दमन तथा राजनैतिक बहिष्करणको सिकार हुदै आएकोले संवैदनशील अवस्थालाई चिरफार गर्न र मधेशी दलितहरुको अधिकार प्रप्तिको निम्ति निरन्तर शान्तिपूर्ण युद्ध मैदानमा सहभागी गराउन अखिल मधेशी दलित जनजागरण अभियानको शुरुवात गर्ने उहाँले बताउनु भयो ”् ।
पत्रकार सम्मेलनमा संयोजक खंगले ,“संगठनले अखिल मधेसी दलित (जन जागरण) सभा भनिने राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक आकांक्षा पूरा गर्ने परिकल्पना गरेका बताएका छन् । पत्रकार सम्मेलनमा राज्यको हरेक अंगमा मधेसी दलितको लागि राजनीतिक सहभागिता जनसंख्याको आधारमा सुनिश्चित गर्ने र रोटी,लुगाफाटा र आवाश मधेशी दलितहरूको लागि उपलब्ध गराउनु पर्छ ताकि कुनै पनि दलित भोकाएको नहोस् र छानाबिना सुत्न नपरोस् भन्दैं २१ बुदैं माग प्रस्तुत गरेका थिए” ।
सो अवसरमा अभियानका सदस्यद्धय निरज कुमार रजक र मधु कुमारी मण्डल समेतको उपस्थिती रहेका थिए ।