काठमाडौं – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीहरुले आज बुधबार प्रदर्शन गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनको अगुवाइमा नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका विद्यार्थीहरूले सरकारले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।आयल निगमले गत सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।
निगमले बितेको एक महिनाको अवधीमा ३ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।