सप्तरी – काठमाडौं महानरगपालिका १४, कुलेश्वरस्थित फलफूल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४, कुलेश्चर बस्ने नुवाकोट विदुर नगरपालिका १३ घर भएका ३७ वर्षीय नवराज कार्की, काठमाडौं तारकेश्वर बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ घर भएका २७ वर्षीय सुमन थापा र काठमाडौं कुलेश्वर बस्ने भारत बिहार घर भएका ५६ वर्षीय सत्यनारायण प्रसाद छन् ।महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्रोत नखुलेको रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
सो रकम हुन्डी कारोबारमा प्रयोगका लागि हुनसक्ने प्रहरीले जनाएको छ ।