०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

काठमाडौं – नेपालको सबैभन्दा ठूलो निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको आम्दानी १२ अर्ब २३ करोड ३० लाख रुपैयाँले घटेको छ । कम्पनीले सन् २०१९ को तुलनामा सन् २०२० मा उक्त आम्दानी गुमाएको हो ।

एनसेलको प्यारेन्ट कम्पनीले बिहीबार मात्र सन् २०२० को अन्तिम त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार सन् २०१९ मा ५४ अर्ब १६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२० को वर्षमा ४१ अर्ब ९२ करोड ८० लाख रुपैयाँ मात्र आम्दानी गरेको छ ।

यससँगै पछिल्ला पाँच वर्षदेखि लगातार रुपमा एनसेलको आम्दानी खुम्चिँदै गएको देखिन्छ । सन् २०१६ मा ५८ अर्ब ६५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले त्यसपछिका दुई वर्षमा क्रमशः ५८ अर्ब ५ करोड ४० लाख रुपैयाँ र ५७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस हिसाबले कम्पनीको यस वर्षको आम्दानीको गिरावट अहिलेसम्मकै ठूलो हो । कम्पनीले सन् २०२० को चौथो त्रैमासिक अवधिमा मात्रै २ अर्ब ४१ करोड ३० लाख रुपैयाँ आम्दानी घटेको छ ।

सन् २०१९ को अन्तिम तीन महिनामा १२ अर्ब ७२ करोड ७० लाख आम्दानी गरेको कम्पनीले सन् २०२० को सोही अवधिमा केवल १० अर्ब ३१ करोड ४० लाख रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ ।

ओटीटी सेवाहरुको प्रयोग बढेसँगै भ्वाइस सेवाको प्रयोग घटेका कारण कम्पनीले लगातार रुपमा आम्दानी गुमाउँदै गएको हो । अहिले पनि कम्पनीको कूल आयमा ७६ प्रतिशत योगदान भ्वाइस सेवाकै रहेको छ ।

कम्पनीले गत वर्षको तुलनामा ११ लाख ४६ हजार ग्राहक गुमाएको छ । प्रतिवेदन अनुसार सन् २०१९ मा १ करोड ६८ लाख ७१ हजार ग्राहक रहेकोमा सन् २०२० को अन्त्य सम्म आइपुग्दा ग्राहक आधार १ अर्ब ५७ करोड २५ हजारमा सीमित भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]