२२ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

काठमाडौं- लिगलिगे साईकल दौडको खुलातर्फको उपाधि धादिङकी सोनी गुरुङ र धादिङकै लक्ष्मण मल्लले जितेका छन् । सोनीले महिलातर्फ १३औं सागको स्वर्ण बिजेता खेलाडी लक्ष्मी मगरलाई पछि पादै उपाधि जितेकी हुन ।

उनले पहिलो स्थानका लागि २ घण्टा ५६ मिनेट ७ सेकेन्ड समय खर्चर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेकी थिईन् । दोश्रो स्थानमा रहेकी नुवाकोटकी लक्ष्मीले ३ घण्टा २ मिनेट ९ सेकेन्डमा दूरी पार गरेकी थिईन । गोरखाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेन्डमा निर्धारित दुरी पार गदै तेश्रो स्थान हाँसिल गरिन् ।

उषा गण्डकी प्रदेश स्तरिय साईकल दौडमा भने महिलातर्फको उपाधि जित्न सफल भईन । गण्डकी प्रदेश स्तरिय महिलाको उपबिजेता लमजुङकी केशरीथापा मगर हुदा कास्कीकी जमुना थापा तृतिय भईन् ।

त्यसैगरी पुरुष खुलातर्फको उपाधि बिजेता धादिङका लक्ष्मणले २ घण्टा २२ मिनेट ५५ सेकेन्ड समय खर्चर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेक थिए । दोश्रो स्थानमा रहेका कन्चनपुरका हिमाल टमटाले २ घण्टा ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दा तेश्रो स्थानमा रहेका ललिपुरका ओकेश बज्रचार्यले निर्धारित दुरी पार गर्न २ घण्टा ३६ मिनेट ५६ सेकेन्डको समय खर्चेका थिए ।

पालुङटार नगरपालिका र पर्यटन बोर्टको प्रायोजनमा सम्पन्न भएको गण्डकी प्रदेश स्तरिय साईकल दौडको पुरुष इभेन्टमा कास्कीका सन्दिप सुन्डौली पहिलो,गोरखाका लेखप्रसाद भट् दोश्रो र पालुङटारका शिव श्रेष्ठ तृतिय भए । शिवले पालुङटार स्तरिय साईकल दौडको उपाधि भने जित्न सफल भए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]