सप्तरी – पेट्रोलियम पदार्थ डिजल चोरी गरी भारततर्फ लैजाँदै गर्दा ट्यांकर सहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पर्सा विरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर स्थित स्वेता आयल ट्रेडर्सबाट डिजेल भरी अवैध रुपमा भारततर्फ चोरी निकासी गर्दै गर्दा आइतबार साँझ ना ७ ख १५११ नम्बर को ट्यांकरको ट्यांकरसहित पक्राउ गरेको हो ।
उक्त ट्यांकरको च्याम्बरमा एक हजार लिटर र ट्यांकरको फ्युल ट्यांकमा ३ सय ६० लिटर गरी जम्मा १३ सय ६० लिटर डिजल भारततर्फ लैजाँदै गर्दा आइसिपीको मुलगेटमा रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमाहरुमा चालक मकवानपुर मनहरी गाउँपालिका–३ बस्ने ३३ वर्षिय रामकृष्ण उप्रेती, सहचालक मकवानपुर राक्सीराङ गाउँपालिका–३ का २१ वर्षिय अशोक पाखि्रन र स्वेता आयल टे«डर्सको मुन्सी जिल्ला पर्सा विरगञ्ज महानगरपालिका–२२ वस्ने ३४ वर्षिय शम्भु महतो रहेका छन् ।
गरी उक्त कार्यमा संलग्न तल विवरणमा उल्लेखित अनुसारका चालक, सहचालक तथा उक्त डिजेल चोरी निकासीमा सहयोग गर्ने स्वेता आयल ट्रेडर्सका मुन्सी समेतलाई पक्राउ गरी बरामद भएको ट्यांकर, डिजेल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले बताए।