सिराहा – स्वाधिन मधेश जन अभियान सिराहा द्वारा प्रमुख जिल्ला अधिकारी तथा सिडिओ प्रदीप राज कडेंल लाई ज्ञापन पत्र बुझाएका छन्।
सिराहा सदरमुकाम सिराहा मा अवस्थित जिल्ला कारागार को १५० जना क्षमता रहेको भएता पनि हाल ६०० भन्दा धेरै कैदी बन्दी रहेकोले मानव अधिकार को रक्षा को निम्ति ज्ञापन पत्र बुझाएको युवा नेता भोला जीत नेपाल ले जानकारी गराएका छन । सिराहा कारागारमा आहिले बस्ने , खाने , घुम्ने , लगायत का विभिन्न मानव जीवन का सामान्य क्रियाकलाप हरु समेत गर्न अप्ठ्यारो रहेको कुरा पनि जानकारी दिएका छन । स्वाधिन मधेश जन अभियान सिराहा को तर्फ बाट उक्त पत्र लिएर सोही संगठन का जिल्ला संयोजक बैधनाथ सिंह महतो , सह संयोजक अशेश्वर् काम्ति, नेता विपिन यादव , युवा नेता भोला जीत नेपाल, रविशंकर सिंह, मनोज यादव लगायत का नेता हरु को सहभागितामा बुझाएका थिए ।
उक्त ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला प्रसाशक ,सिडिओ ले सकारात्मक रूपले उक्त समस्याको समाधानको निम्ति छिटै समाधानको विकल्प खोज्ने अनि अर्को हप्ता कारागार अनुगमन समेत गर्ने कुरा को जानकारी जिल्ला प्रशासन प्रमुखले जिकिर गरेका थिए ।