काठमाडौं- नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले आज (२६ माघ) देखि देशभर एक्सचेन्ज मेला सुरु गरेको छ। २ फागुनसम्म चल्ने मेलामा पुरानो गाडीको उच्च मूल्याकंन, आकर्षक नगद छट, Þ१५ हजार बराबरको लोयल्टी बोनसको सुविधा छ।
त्यस्तै एक लाख ४० हजारसम्मको एक्सचेन्ज् बोनसका साथै ६ वर्षको फ्रि सर्भिसिङ र तीन वर्षको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ। यो अफर देशभरका हुण्डाई शोरुममा उपलब्ध भएको जनाइएको छ।