११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

भारतको उत्तराखण्डमा हिमताल फुट्दा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार अझै पनि कम्तीमा १७० जना मानिसहरु हराइरहेका छन् । सोमबर सामाजिक सञ्जाल ट्वीटरमा उत्तराखण्डको प्रदेश सरकारले अहिलेसम्म १५ जनाको उद्धार गरिएको र १४ जनाको शव फेला परेको जानकारी दिएको हो ।

आइतबार हिमताल फुटेपछि आएको अलकनन्दा नदीको बाढीका कारण ऋषिगंगा जलविद्युत् आयोजना नै बगाएको छ । बाढीपछि बेपत्ता भएका अधिकांश मानिसहरु नदी क्षेत्रको दुई आयोजनामा काम गर्ने मजदुर छन् ।सरकारले अहिले उद्धारका लागि यो क्षेत्रमा सयौं सुरक्षाकर्मीहरु परिचालन गरेको छ । उदारकर्मीहरुले अहिले साढे दुई किलोमिटर लामो सुरुङमा आफ्नो खोजी केन्द्रित गरेका छन् । यो सुरुङमा धेरै मानिसहरु फसेको आशंका छ । उद्धारकर्ताहरुले यो सुरुङको मुख खोल्ने र भित्र पस्ने प्रयास गरिरहेका छन् । आइतबार अर्को एक सुरुङबाट १२ जनाको उद्धार गरिएको थियो ।स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले मानिसहरुको उद्धारका लागि चारसयभन्दा धेरै सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । स्थानीयहरुले बताएअनुसार आइतबार हिमताल फुटेपछि निकै कम समयमा ठूलो बाढी आएको थियो । त्यसैले कसैलाई पनि आउनसक्ने विपत्तिको विषयमा सचेत गराउन पाइएको थिएन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबारको घटनामा ज्यान गुमाएका मानिसको परिवारलाई दुई लाख राहत र गम्भीर घाइते भएका मानिसलाई ५० हजार प्रदान गरिने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]