२५ कार्तिक २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

मोरङ– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आइतबार पनि प्रदेश सभा बैठकमा पेश हुन सकेन।

प्रदेश १ को नियमित सातौँ तथा हिउँदे अधिवेशनको दोस्रो बैठकका क्रममा मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश हुन नपाउँदै सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका थिए।दिउँसो २ बजेको लागि संसद बैठकको समय निर्धारण गरिएको भए पनि बैठक ढिलो गरी अपराह्न ४ बजे बसेको थियो। सोही क्रममा नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कारबाही गरेका सांसदलाई बैठकमा सहभागिता गराउन नहुने भन्दै आपत्ति जनाएका थिए।प्रमुख सचेतक राजभण्डारीले कुरा राखिरहँदा असन्तुष्ट पक्षका सांसदहरुले उठेर विरोध जनाएका थिए। उनीहरुले विरोध जनाइरहँदा सभामुख भण्डारीले विरोध जनाएका ६ जना सांसदलाई बस्नका लागि आग्रह गरेका थिए।करिब ४ मिनेट बसेको बैठकका क्रममा दाहाल–नेपाल पक्षका सांसद लीलाबल्लभ अधिकारीले अविश्वासको प्रस्तावबारे छलफल गर्नुपर्नेमा जोड दिएका थिए। सदनमा उठेर विरोध गर्दै उनले प्रस्तावबारे छलफल गर्नुपर्नेमा सदन नै अवरुद्ध गरेर संविधान विपरीत कार्य भएको बताएका थिए।आफू संविधानको पालक र रक्षकसमेत रहेको हुँदा मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुनुपर्नेमा सांसद अधिकारीले जोड दिए।

यसअघि प्रदेश सचिवालयले अविश्वासको प्रस्ताव दर्ता गराउन टेबल गर्ने कार्यसूची बनाएको थियो। तर, त्यस विपरीत बैठकलाई सभामुख भण्डारीले फागुन ९ गतेका लागि बस्ने गरी स्थगितको घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]