काठमाडौं । सरकारी चेकको भुक्तानी १५ दिनभित्र गर्न महालेखा नियन्त्रकको कार्यालयले सबैं कोष तथा लोखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ । साथै बैंकहरुलाई पनि सो व्यवस्था कार्यान्वयन गर्न महालेखाले भनेको छ ।
सरकारी कोषबाट जारी गरिएको चेक भुक्तानीको अवधि १५ दिनको हुने आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व बिनियमावली २०७७को नियम १३२ मा उल्लेख छ । सो नियम पालना गराउँन महालेखाले मातहतका कार्यालयलाई निर्देशन दिएको हो । १५ दिन नाघेको चेकको भुक्तानी नहुँने विनियमावलीमा उल्लेख छ ।