०३ चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले बैतडीकी किशोरी भागरथी भट्टको हत्या घटनाको भर्त्सना गरेका छन् । ट्वीट गर्दै उनले घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका हुन् ।

नेता रावलले आफ्नो पार्टी (नेकपा प्रचण्ड-नेपाल) समूहका अध्यक्षद्वयले घटनाको निन्दा गरेको र दोषीलाई कारबाहीको माग गरिसकेको स्मरणसमेत गराएका छन् । उनले अगाडि भनेका छन्, ‘म उक्त घटनाको भर्त्सना गर्दछु । घटनाको तुरून्त अनुसन्धान गरी दोषीलाई कडा कानूनी कार्वाई गरियोस् ।’

बैतडीको दोगडाकेदार गाउँपालिका-७, चडेपानीकी १७ वर्षीया भट्ट गएको बिहीबार साँझ मृत अवस्थामा फेला परेकी थिइन् । मृतकका आफन्त शिवराज भट्टले भनेका थिए, ‘मृतकको शरीरभरि निलडाम र घाउ रहेका छन् । कपडा पनि च्यातिएको अवस्थामा छन् ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]