१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ ०८, २०७७

सप्तरी – भैरहवा विमानस्थल क्षेत्रलाई आधार बनाएर सेवा दिनेगरी नयाँ हेलिकप्टर कम्पनी दर्ता भएको छ।त्रिलोक हेलिकप्टर नामको उक्त कम्पनीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सेवा सञ्चालनको अनुमति लिएको हो।

कम्पनीले भैरहवालाई आधार बनाएर उडान गर्ने उल्लेख गरेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।सुरुमा दुईवटा हेलिकप्टर ल्याएर सेवा सञ्‍चालन गर्ने योजना बनाएको कम्पनीले उडान सञ्‍चालन अनुमतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रक्रिया अघि बढाएको छ।

कोरोना अघि हेलिकप्टरको व्यापार राम्रो भएपनि पछिल्लो समय भने खुम्चिएको छ। करिब दर्जन सेवाप्रदायकले अहिले नै सेवा दिइरहेको नेपाली बजारमा नयाँ कम्पनी दर्ता भएको हो।विदेशी पर्यटक बाहेक स्वदेशमै पनि हेलिकप्टरको माग बढ्न थालेपछि पुराना कम्पनीहरुले क्षमता विस्तारमा ध्यान दिइरहेका थिए। तर कोरोना महामारीका कारण स्थापित कम्पनीहरु भने वित्तीय रुपमा थला परेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]