२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०४, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ ।

स्पष्ट २ समूहमा विभाजित भएको नेकपाको एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल गरेका छन् भने अर्को समूहको नेतृत्व केपी शर्मा ओलीले गरेका छन् ।विभाजित हुनु अगाडि नेकपामा ओली र प्रचण्ड दुई अध्यक्ष थिए । दुई जना वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पछि तेस्रो बरियतामा थिए वामदेव गौतम ।तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण पछि बनेको नेकपामा गौतम लामो समयसम्म केन्द्रीय सचिवालय सदस्य मात्रै थिए । पछि गौतमकै चाहनाअनुसार पार्टीको विधान संशोधन गरी उपाध्यक्ष पद सिर्जना गरिएको थियो ।विधान संशोधन पछि उपाध्यक्ष बनेका गौतमले पार्टी विभाजित भइसकेपछि भने आफूलाई नेकपाको उपाध्यक्ष भन्न छाडेका छन् । पार्टी विभाजित भइसकेपछि पनि लामो समय ओली र प्रचण्ड–नेपाल कुनै पनि समूहमा नलागेका गौतमले केही दिन अगाडि मात्रै आफ्नै नेतृत्वमा पार्टी एकता अभियान घोषणा गरेका थिए ।तर, सामाजिक सञ्जालमार्फत प्रेसित एउटा श्रद्धाञ्जलीमा भने गौतमले न त आफूलाई नेकपाको उपाध्यक्ष भनेका छन् न त पार्टी एकता अभियानको संयोजक नै ।मेडिसिटी अस्पतालका कर्मचारी रोहिणी भट्टराईको निधनमा शोक सन्देश जारी गरेका गौतमले आफ्नो नाम लेख्दै नामको तल ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ मात्रै लेखेका छन् ।उनको शोक सन्देशप्रति संकेत गर्दै विभाजित नेकपाका नेताहरुले अब गौतमले उपाध्यक्ष पद त्याग गरेको भनेर टिप्पणी गर्न थालेका छन् ।

यस्तो छ गौतमको शोक सन्देश–

श्रद्धान्जली ;
सामाजिक सेवा, पार्टी तथा अनेकन न्याय प्राप्तिका आन्दोलन/अभियानका सहयोद्धा मेडिसिटी अस्पतालका अत्यन्त मिलनसार कर्मचारी मेरो प्यारो क. रोहिणी भट्टराईको निधनले म स्तब्ध छु ।

आज नख्खुस्थित मेडिसिटी अस्पतालमा उहाँको निधनले म अत्यन्तै मर्माहत छु । क. रोहिणीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]