१४ माघ २०७७, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – तीन दिनदेखि पूर्वी तराईमा अत्याधिक चिसो बढेको छ । शितलहरसँगै हुस्सुले विहानीपख आकाश ढाकिएको कारण जनजीवन पनि प्रभावित भएको छ ।

मौषम पुर्वानुमान महाशाखाका अनुसार देशभरको तराईका धेरै जसो स्थानहरुमा हुस्सु, कुहिरो लागेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो ।पश्चिमी वायु, बादल र हुस्सुका कारण बढेको चिसोले गर्दा पछिल्लो तीनदिन यता तराई क्षेत्रको जनजीवन प्रभावित बन्दै जान थालेको छ ।विराटनगरमा पनि ३ दिनदेखी बढेको अत्याधिक चिसोको कारण विभिन्न चौक तथा गल्लीहरुमा सर्वसाधरणले आगो बालेर ताप्न थालेका छन् । विराटनगरका विभिन्न ठाँउका गल्ली तथा चौकहरुमा स्थानियवासीले दाउरा जम्मा गरी आगो बालेर बस्न थालेका छन् ।

मौसममा आएको परिवर्तनका कारण चिसो बढेसँगै न्यनू आर्थिक आयआर्जन भएका नागरिकको जनजीवन प्रभावित बनेको छ । त्यसका लागि स्थानीय तहले अहिले अतिआवश्यक परेका नागरिकलाई राहतका कार्यक्रम वितरण गर्ने काम सुरु गरिसकेका छन् । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, विराटनगरका प्रमुख विकास देउजाका अनुसार बुधबार १२ बजे अगाडीसम्म विराटनगरको तापक्रम १०.२ डिग्री रहेको छ । पछिल्लो ३ दिनयता यो सबैभन्दा कम सूचिकृत तापक्रम हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]