
सप्तरी – सशस्त्र प्रहरीले वीरगञ्जबाट ६ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । लत्ता कपडा, प्याज, लसुन तथा समान ओसार्न प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका–१५ बसपार्क र वीरगञ्ज–१४ गण्डक चोकबाट भन्सार छली गरेर अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ता कपडा, प्याज, लसुन तथा मोटरसाइकल बरामद गरेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापाले जानकारी दिए ।बरामद गरिएको सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक जीवन मल्ल ठकुरीले बताए ।