१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष १४, २०७७
Sorry No Photo is selected hare

सप्तरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसलाई सरकारमा जान हतार नरहेको बताएका छन् ।प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खाँणले प्रदेश सरकारमा विभिन्न विकल्पहरुमाथि चर्चा हुन थालेकोतर्फ संकेत गर्दै काँग्रेसले अहिले सरकारका लागि दाबी नगरेको स्पष्ट पारे ।उनले भने, ‘तत्काल सरकारमा जान हतार छैन । तर काँग्रेसबिना सरकार बन्दै बन्दैन भनेचाहिँ जानुपर्छ, मुलकलाई सरकारविहीन बन्न पनि दिनु भएन ।’

उनले कुन पक्षसँग मिलेर सरकार जाने भन्नेचाहिँ खुलाएनन् । तर मुद्दा नमिल्ने पक्षसँग सहकार्य नहुने उनको भनाइ थियो । ‘अहिले नै यही हुन्छ भनेर सबै भन्न सकिँदैन तर जुन परिस्थिति आउँछ, त्यही अनुसार चल्नुपर्छ,’ उनले भने ।उनले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावाद र अधिनायकवादको यात्रामा लागेको आरोपसमेत लगाए । प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्री ओलीले सर्वसत्तावाद लाद्न खोजेको उनको भनाइ थियो ।खाँणले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्तावलाई राष्ट्रपतिले विचारै नगरी स्वीकृत गर्नुले सर्वसत्तावाद हावी भएको बताए । ‘प्रधानमन्त्रीले सुरुदेखि नै संविधानको बर्खिलाप एकपछि अर्को काम गर्दै आएको उनले प्रस्ट पारे । मिडिया विधेयक, मानव अधिकार विधेयक, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग आफ्नो सिधै नियन्त्रणमा राख्ने कामले नै प्रधानमन्त्रीको उद्देश्य प्रस्ट देखिएको उनको भनाइ थियो ।प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिकोमा लैजानु र विचारै नगरी राष्ट्रपतिबाट स्वीकृत हुनु असंवैधानिक कदम भएको बताउँदै उनले नेपाली काँग्रेसले संविधानको पक्षमा आवाज उठाउने बताए ।

संसदमा भ्रष्टाचारका मुद्दाहरुमा प्रश्न उठ्ने र जवाफ दिन सक्ने अवस्था नभएपछि संसद विघटन गरिएको उनको आरोप छ । आगामी वैशाखमा गर्ने भनिएको निर्वाचन पनि हुन सक्नेमा आशंका गर्दै उनले सरकार आफै निर्वाचन गराउने पक्षमा नरहेको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]