१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १२, २०७७

सप्तरी – गल्याङ नगरपालिकाका नगरप्रमुखको लगानी रहेको नगरपालिकाको एक मात्रै दूध संकलन केन्द्रले किसानलाई दूधको उचित मूल्य नदिएर सस्तोमा दूध बेच्न बाध्य पारेको गुनासो कृषकहरुले गरेका छन् । उक्त संस्थामा दूध बेच्दा नगरपालिकाबाट छुट्टै अनुदान स्वरुप १५ रुपियाँ पाइने र पालिकामा अन्य संकलन केन्द्रसमेत नभएको हुँदा पनि बाध्य भएर उक्त संस्थालाई दूध दिनुपरेको किसानको गुनासो छ । दुग्ध संकलन केन्द्रले दोब्बर नाफा खाएको भन्दै त्यसो नगर्न कृषकले दुग्ध संकलन केन्द्रलाई आग्रह गरेका छन् । संस्थाले बजारमा ९० रुपियाँ प्रतिलिटर बेच्ने गरेको र आफूहरुलाई अधिकतम प्रतिलिटर ४५ देखि ५५ रुपियाँसम्म दिने गरेको भन्दै दूध खरिद मूल्य बढाउन कृषकले आग्रह गरेका हुन् ।

पालिकाले दूध उत्पादन बढाउन गाउँगाउँमा विभिन्न अभियान चलाइएको भए तापनि त्यसको फाइदा किसानलाई भन्दा बीचको संस्थाले पाउने गरेको गुनासो किसानको छ । ‘हामीले संकलन केन्द्रलाई बिक्री गर्दा बढीमा गाईको दूधमा ४५ रुपियाँ प्रतिलिटर र भैंसीको ५५ रुपियाँ प्रतिलिटर पाउने गरेका छांै तर उक्त संस्थाले हाम्रो दूध लगेर बजारमा ९० रुपियाँ प्रतिलिटरमा बेच्ने गरेको हुँदा हामीले दूधको मूल्य कम पाएको महसुस गरेका छौं ।’ –नेपाल समाचारपत्रसँग कुराकानी गर्दै कृषक दया भण्डारीले भन्नुभयो ।

संस्थाले केही नगरीकन हामीसँग दूध लिएकै भरमा दोब्बर नाफा खान्छ आफूले दुख गर्ने, फल अरुले खानेको गरेको गुनासो उहाँले गर्नुभयो । हाल दैनिक ४० देखि ४५ लिटरसम्म दूध बेच्ने गरेको भन्दै राम्रो मूल्य पाए अझै बढाउने योजना रहेको उहाँले बताउनुभयो । ‘गाउँमै आएर संकलन गर्ने दूधको मूल्य बजार पुग्नेबित्तिकै ९० रुपियाँ पर्छ । यो सबै थाहा हुँदाहुँदै पनि हामीलाई बजार गएर बेच्न समय नहुने र सबै दुग्ध बजारमा खपत नहुन पनि सक्ने हुँदा बाध्य भएर सस्तो मूल्यमा दूध दिनुपरेको छ।’ –किसानको गुनासो थियो ।

त्यस्तै अर्का किसान सूर्य अधिकारीले पनि संस्थाले आफूहरुसँग सस्तो मूल्यमा लिएर महंगो मूल्यमा बेच्ने गरेको देखे पनि आफूले सबैतिर समय दिन नसक्ने हुँदा बाध्य भएर सस्तो मूल्यमा दूध दिन परेको गुनासो गर्नुभयो ।
तर नगरपालिकाले दिने प्रतिलिटर १५ रुपियाँ अनुदानबाट भने केही राहत भएको दुवैको तर्क थियो । गल्याङ नगरपालिकाले सेतो शहर कार्यक्रमअन्तर्गत नगरपालिकाले तोकेको संस्थामा दूध बेच्ने किसानलाई अनुदान स्वरुप छुट्टै १५ रुपियाँ प्रदान गर्दै आएको छ ।

गल्याङ नगरपालिकामा संकलन अनुमति पाएको एक मात्र संस्था साना किसान दुग्ध संकलन तथा बिक्री केन्द्र प्रमुख हिमाल भण्डारीले भने आफूहरुले पाएको जति मूल्य कृषकलाई दिएको बताउनुभएको छ । नेपाल समाचारपत्रसँग कुराकानी गर्दै उहाँले बजारमा ९० रुपियाँ प्रतिलिटर दूध बेचेको स्वीकार गरे पनि सबै दूध बजारमा खपत हुन नसकेको बताउनुभयो । दैनिक १५/१६ सय लिटर दूध संकलन हुने र बजारमा ९० रुपियाँको दरले करिब दुई सय लिटरको हाराहारीमा मात्रै खपत हुने र अन्य दूध अन्यत्र पठाउनुपर्ने हुँदा बाहिरबाट पाउने मूल्य कृषकलाई दिएको उहाँले तर्क गर्नुभयो ।

गल्याङ नगरपालिकाभित्र साना किसान दुग्ध संकलन तथा बिक्री केन्द्रले भन्दा अन्यले दूध संकलनको काम नगरेको हुँदा नगरपालिकाले किसानलाई प्रदान गर्ने अनुदान प्रतिलिटर १५ रुपियाँ त्यहीं संस्थाले नगरपालिकालाई बुझाएको किसानको लिस्टको आधारमा हुने नगरप्रमुख भूपराज अधिकारीको भनाइ छ । अन्य सहकारीले पनि संकलनको काम शुरु गरे सोही आधारमा अनुदान दिने अधिकारीको भनाइ छ । साना किसानको निवर्तमान अध्यक्षसमेत रहेका नगरप्रमुख अधिकारीले संस्थाले किसानलाई दूधको मूल्यमा कुनै तलमाथि नगरेको ठोकुवा गर्नुभयो ।

हरेक क्षेत्रमा बिचौलियको बिगबिगी भएको भन्दै नेपालमा बिचौलियको खेल कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था सिर्जना भएको राष्ट्रिय उपभोक्त मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको भनाइ छ । राष्ट्रिय दुग्ध बिकास बोर्डले पनि प्रभावकारी ढंगले काम गर्न नसकेको हुँदा देशमा दुग्ध उत्पादन गर्ने किसानभन्दा बिचौलिया मोटाउँदै गएको उहाँको तर्क छ । असली किसानले उचित मूल्य पाउनका लागि बोर्डमा राजनीति भागबन्डाका आधारमा नियुक्ति रोक्नुपर्ने र अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उहाँको सुझाव छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]