
सप्तरी – भक्तपुर नगरपालिकाले मल बिक्रेता सहकारी संस्थाहरुको अनुगमन गरेको छ । नगरपालिकाका उपमेयर रजनी जोशीको नेतृत्वमा सरकारबाट अनुदानमा मल किनेर कृषकलाई बिक्री वितरण गर्ने अनुमति पाएका सहकारी संस्थाहरुको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले भक्तपुर बचत तथा ऋण सहकारी संस्था, सिद्धि कृषि सहकारी संस्था र सिद्धि गणेश सहकारी संस्थाको अनुगमन गरेर मल बिक्री वितरणका बारेमा जानकारी लिएको हो । सहकारीहरुले नगरपालिकाले निर्धारण गरेको मूल्य अनुसार युरिया, डिएपी र पोटास मल बिक्री गर्दै आएका छन् । कृष्कलाई मल बिक्री गर्दा अनिवार्य बिल भर्पाइ गर्नसमेत उपप्रमुख जोशीले निर्देशन दिइन् ।