
सप्तरी – प्रचण्ड-नेपाल समूहले नेकपा मुख्यालय बल्खु पुगेर निरीक्षण गरेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा अनौपचारिक रूपमा विभाजन भएपछि बिहीबार पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायत पक्ष पार्टी कार्यालय बल्खुको निरीक्षण गर्न पुगेका हुन्।
प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय माधव कुमार नेपाल, अमृत बोहोरालगायत नेताहरू पार्टी कार्यालयको निरीक्षणका लागि पुगेका हुन्।
तत्कालीन एमालेको पार्टी कार्यालय रहेको स्थानमा अवस्थित जननेता मदनकुमार भण्डारीको शालिकमा मार्ल्यापण गरी त्रय नेताले पार्टीलाई एक ढिक्का बनाएर लैजाने कसम खाएका छन्।अध्यक्ष प्रचण्डले आफू पार्टीमा विगतको गल्ती दोहोर्याउने पक्षमा नरहेको भन्दै एकताबद्ध बनाएर अघि बढ्ने बताए।