१५ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७
Sorry No Photo is selected hare

सप्तरी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक युद्धको क्रममा १७ निर्दोष नागरिकको हत्यारालाई माफी दिएका छन् ।ती अपराधी प्राइभेट मिलिट्री कम्पनी ब्ल्याकवाटरका चारजना गार्ड थिए, उनहरु जेलमा सजाय काटिरहेका छन् । अमेरिकाले इराक युद्धको क्रममा भाडाको सैनिकको प्रयोग गरको खुलासा गरेको छ ।

यो पहिलो मामिला थियो जसमा भाडाको सेना परिचालन गरिएको थियो । इराक युद्धको समयमा अमेरिकी सेनाले ब्ल्याकवाटर नामको निजी कम्पनीलाई ठेक्का दिएको थियो । त्यस समूहमा सबै रिटायर भएका पूर्वसैनिक थिए ।यी सैनिकलाई युद्धको क्रममा अमेरिकी सेनालाई सम्भव भएसम्म सहयोग गर्नुपर्ने थियो ।

विश्वभरि हत्याको चर्को विरोध :
युद्धको क्रममा सैनिकको प्रयोग र निर्दोष नागरिकको हत्याको घटनाविरुद्ध विश्वभरि विरोध भएको थियो ।इराक युद्धको समयमा ब्ल्याकवाटर सैनिक, पल स्लग, इवेन लिवर्टी, डस्टिन हर्ड र निकोलस स्लाटरलाई मशीन गन, ग्रेनेड लन्चर जस्तो हतियार र स्नाइपर सहित आक्रमण गर्ने अनुमति दिइएको थियो । उक्त घटनामा इराकको राजधानी बगदादमा निर्दोष हतियारबिहिन मानिसलाई गोली बर्साइएको थियो । जसमा दुई बालबालिका सहित १७ जनाको मृत्यु भएको थियो ।
यस घटनाको बारेमा ब्ल्याकवाटरका वकिलले उनीहरुले विद्रोहीको आत्मघाती आक्रमणबाट बचाउन गोली चलाएको बताएका थिए ।

भियतनाम युद्धमा पनि अमेरिकी सैनिकले निर्दोष नागरिकलाई गोली चलाएका थिए । सन् २०१४ मा यी चार हत्याराको आरोप प्रमाणित भयो र उनीहरुलाई ३०-३० वर्षको सजाय तोकिएको थियो ।यस हत्याकाण्ड पछि अमेरिकाले ब्ल्याकवाटरलाई इराकको कुनै ठेक्का दिएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]