०४ चैत्र २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – बयालपाटा अस्पतालमा विगत १० वर्षदेखि कार्यरत डा विकास गौचनले अस्पतालको स्वास्थ्य सेवा निर्देशक पदबाट राजीनामा दिएका छन्।

न्याय हेल्थ नेपालद्वारा नेपाल सरकारसँगको साझेदारीमा सञ्चालित बयलापाटा अस्पतालको निर्देशक पदबाट राजीनामा दिएको उनले बताए। राजीनामापछि उनले आफ्नो दक्षता र क्षमताले अछामसहित अस्पतालमा उपचारको लागि आउने बिरामीलाई निको पार्ने र सम्रग जिल्ला तथा प्रदेशको स्वास्थ्य क्षेत्र सुधार र प्रगतीको लागि सक्ने प्रयास गरेको बताए।स्वास्थ्य सेवामा प्रवेश गरेसंगै जीवनको उर्जावान ठूलो हिस्सा ओगट्ने १० बर्ष भन्दा बढी समय अछामका लागि सर्मपित गरेको भन्दै डा गौचनले यसको मुल्यांकन आफैंले गर्नुभन्दा पनि यस क्षेत्रका सेवाग्राही, जनता र भविष्यले गर्ला भनेर राजीनामा पत्रमा लेखेका छन्।’मेरो योजना, लक्ष्य र भविष्यको बाटो बयालपाटा अस्पताललाई एक दीर्घकालिन रुपमा गुणस्तिरिय सेवा प्रदान गर्ने नमुना अस्पतालका रुपमा स्थापित गर्न सहयोग गर्नुमा केन्द्रित थियो,’ डा गौचनले भने, ‘बाध्यतावस त्यसबाट अलग हुनुपर्दा दु:ख महसुस भएको छ। यो निर्णय सहज नहुँदा पनि आफुले न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालको स्वास्थ्य सेवा निर्देशक पदबाट राजीनामा दिएको छु।’

उनी २०६७ साल साउनदेखि अछाममा सेवारत थिए। ‘विशेष जिम्मेवारीबाट म अलग हुन लाग्दा धेरै दुख लागेको छ’, डा गौचनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]