१४ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७

सप्तरी – प्रदेश नम्बर १ को पहिलो तथा नेपालको पाँचौँ बालमैत्री नगरपालिकाको रुपमा (आज) भद्रपुर नगरपालिका घोषणा भएको छ । प्रदेश नम्बर १ की सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेरले भद्रपुर नगरपालिकालाई आज मंगलवार बालमैत्री नगर घोषणा गरेका हुन ।

बालमैत्री नगरपालिका निर्माणको यात्रामा भद्रपुरले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेपछि प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गरेको छ । मन्त्री गजमेरले बाल अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा नगरपालिका अनवरतरुपमा लाग्दै बालमैत्री संस्कार प्रदान गरी बालमैत्री नगरको औचित्यता र दिगोपनामा अमूल्य योगदान पु¥याउने आशा व्यक्त गरै ।

नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठले राजनीतिक, आर्थिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा नगरले बालबालिकालाई नेतृत्वदायी भूमिका निर्वाह गराउने प्रतिबद्धता व्यक्त गरे । हाल झण्डै ७२ हजारको हाराहारीमा जनसङ्ख्या रहेको नगरमा २२ हजार ११२ जना बालबालिका र ५७ वटा बाल विकास केन्द्र रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]